काठमाण्डु – नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा समेत घटेको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले बुधबार डोमेस्टिक उडानतर्फको फ्यूल सर्जाइकल चार्ज घटाएसँगै हवाई भाडा घटेको हो ।
मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी हवाइ इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १० रुपैयाँले घटेको थियो । योसँगै नयाँ बिक्री मूल्य १५० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।
नयाँ मूल्य सूचीअनुसार सबैभन्दा बढी काठमाडौं–धनगढीको ४४५ रुपैयाँले सस्तिएको छ । योसँगै काठमाडौं–धनगढीको नयाँ फ्यूल सर्जाइकल चार्ज ६ हजार ६२५ रुपैयाँमा झरेको छ । यसअघि यस गन्तव्यको फ्यूल सर्जाइकल चार्ज ७ हजार ७० रुपैयाँ रहेको थियो ।








प्रतिक्रिया