काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका नेताहरू सहभागी भएका छन्।
रास्वपाको कार्यालय वनस्थलीमा बिहीबार आयोजित चियापान समारोहमा प्रधानमन्त्री दाहालसहित विभिन्न पार्टीका शीर्ष नेता,मन्त्रीहरू र कलाकार समेत सहभागी भएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी अध्यक्ष डा. बाबुराम भट्टराई, कांग्रेस उपसभापति धनराज गुरुङसहित विभिन्न राजनीतिज्ञहरु सहभागी भएका छन् ।
नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि,कलाकारहरु हरिवंश आचार्य,मदनकृष्ण श्रेष्ठ,किरण केसी लगायत सहभागी छन्।






प्रतिक्रिया