काठमाण्डु – नेकपा एमालेका सांसद रघुवीर महासेठले सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने माग गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशको सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका हुन् । नेपाली सेनालाई उद्योग व्यापारमा लगाउन नहुने भन्दै उनले सीमा मिचिने क्रम नरोकिएकाले सुरक्षाका लागि अब नेपाली सेनालाई जिम्मा दिनुपर्ने बताए । ‘हाम्रा सिमाना दिनप्रतिदिन मिचिरहेको छ । पहिला त्यस्तो स्थिति थिएन ।
आज हामीले जसलाई जिम्मा लगाएका छौं, कहीं कहीं नापीका हाकिमहरु त मिटिङमा जाँदाखेरी नेपालमै बसेर हस्ताक्षर गरेको हुन्छ ।
भोलिपल्ट उठ्दा त उहाँ अरु देशमा बसेको थाहा पाउनुहुन्छ । हिजो मैले के, कसरी सही गरें, उहाँहरुलाई थाहा हुँदैन । त्यसैले सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ र त्यो नयाँ कुरा होइन । पहिला पहिला पनि सेनाको कर्णेलको नेतृत्वमा सिमानाको रेखदेख, नापजाँच उहाँहरुको जिम्मा थियो,’ उनले भने ।




प्रतिक्रिया