बालेनविरुद्धको अवहेलना मुद्दा हेर्न नभ्याइनेमा

बालेनविरुद्धको अवहेलना मुद्दा हेर्न नभ्याइनेमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन विरुद्धको मुद्दा हेर्न न्भ्याइनेमा परेको छ । अधिवक्ता वर्षाकुमारी झाले शुक्रबार बालेनविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता गरेकी थिइन् ।

उक्त निवेदनको सुनुवाइ पेसी न्यायाधीश प्रकाशकुमार ढुंगनाको इजलासमा परेको थियो । इजलासले उक्त निवेदन हेर्न नभ्याउने हुँदा स्थगित गरेको छ । हिन्दी फिल्म चल्न दिनेबारे उच्च अदालत पाटनको आदेशलाई लिएर शाहले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको अधिवक्ता झाले दाबी गरेकी थिइन्।