प्रतिनिधिसभा बैठकः सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने

प्रतिनिधिसभा बैठकः सांसदले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा आजपनि मन्त्रीहरुले बजेटमा उठेका प्रश्नहरुको जवाफ दिने भएका छन्। बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम रहेको छ ।

जसअनुसार आजको बैठकमा रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत प्रतिनिधि सभा सदस्यहरूले मन्त्रालयगत छलफलमा उठाएका प्रश्नहरूको गृह,वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले जवाफ दिएका थिए ।