काठमाण्डु- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संयुक्त सरकार बनाउनु पर्ने बताएका छन् । मुलुकको अवस्था थप जटिल बन्दै गएको उल्लेख गर्दै डा. भट्टराईले प्रमुख दल सम्मिलित संयुक्त सरकार बनाउनु पर्ने बताएका हुन् ।
‘गत आम चुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्नझन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताको निम्ति हितकर छैन । विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहीत अस्थीरता,दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्वाकांक्षा,भूराजनीतिको निरन्तर दृश्यअदृश्य दबाब,राज्यका स्थायी अंगहरूको क्षयीकरणरभ्रष्टीकरण आदि यसका प्रमुख कारण हुन सक्छन् ।’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
प्रमुख दल सम्मिलित संयुक्त सरकार बनाएपछि पालैपाले कुर्सी साटासाट गर्नुपर्ने अवस्था नआउने डा. भट्टराईको भनाइ छ । ‘यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नुसट्टा यो संसदको कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानूनमा आवश्यक सुधार, शान्ति प्रकृयाका बॉकी कामको समापन, थप जटील बन्दै गएको भू राजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालिक मुद्दाहरूको संवोधन गर्दा ठीक होला किरु नत्र समयले कसैलाई नपर्खन सक्छ ।’, उनले भने । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाइ समर्थन दिइरहेका भट्टराइले यो नयाँ प्रस्ताव ल्याएका हुन् । धेरैले उनले प्रचण्ड सरकार माथीको अबिश्वास जनाउँदै यो प्रस्ताव गरेको टिप्पणी गरेका छन् ।




प्रतिक्रिया