काठमाण्डु- नेपाली कांग्रेसले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् ।
बुधबार असार १३ गते बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा विधेयक निणयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।





प्रतिक्रिया