ललितानिवास जग्गा प्रकरणमा सीआईबीको ‘एक्सन’: तत्कालीन सहसचिवसहित थप ४ जना पक्राउ

ललितानिवास जग्गा प्रकरणमा सीआईबीको ‘एक्सन’: तत्कालीन सहसचिवसहित थप ४ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धान कार्यलाई थप तीब्रता दिएको छ। सिआइबीले मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेसँगै अन्य चार जनालाई समेत पक्राउ गरेको हो।

पक्राउ पर्ने थप चार जनामा भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारीहरू रहेका छन्। जसअनुसार मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पक्राउ परेका हुन् ।

आज मात्रै लितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ लाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई मंगलबार सीआईबीको टोलीले नक्सालस्थित निवासबाटै पक्राउ गरेको हो। प्रहरीले ललितानिवास प्रकरणमा मुछिएका अन्य व्यक्तिलाई पनि खोजिरहेको जनाएको छ ।