संवैधानिक व्यवस्थाअनुसार न्यायाधीश नियुक्त गरिनेछ : मन्त्री गुरुङ

संवैधानिक व्यवस्थाअनुसार न्यायाधीश नियुक्त गरिनेछ : मन्त्री गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संवैधानिक व्यवस्थाअनुसार नै न्यायाधीशहरु नियुक्त गरिने जानकारी दिएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै उनले संवैधानिक व्यवस्थाअनुसार नै न्यायाधीश नियुक्त गरिने जवाफ दिएका हुन् ।

राजनीतिक भागबण्डामा न्यायाधीश नियुक्त हुने गरेको आंशकाप्रति जवाफ दिँदै मन्त्री गुरुङले संविधानले व्यवस्था गरेअनुसार नै न्यायाधीश नियुक्त हुने बताए ।