ललिता निवास जग्गा प्रकरण: पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

ललिता निवास जग्गा प्रकरण: पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ परेका छन् । ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो । शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए ।

शाहलाई पक्राउ परेसँगु ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या ७ जना पुगेको छ । आज मात्रै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।