जोगबुढाबाट अवैध काठ बरामद

जोगबुढाबाट अवैध काठ बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा – डडेल्धुराबाट प्रहरीले अवैध काठ बरामद गरेको छ ।

मंगलबार बिहान परशुराम नगरपालिका-७ गड्गडे जोगबुढाबाट अवैध काठ बरामद गरिएको हो । से १ त ४२०९ नम्बरको ट्याक्टरमा लोड गरिएको २५ दशमलव ६ क्युफिट काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय तातापानीले जनाएको छ ।

बरामद गरिएको काठ, ट्याक्टर र चालकलाई आवश्यक कारवाहीका लागि सव–डिभिजन वन कार्यालय साँदनीमा बुझाइएको छ ।