बजेट संशोधन नगरे सरकार ढाल्ने चेतावनी दिएको नेकपा एसले बजेटको पक्षमा मतदान गर्ने

बजेट संशोधन नगरे सरकार ढाल्ने चेतावनी दिएको नेकपा एसले बजेटको पक्षमा मतदान गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने भएको छ। बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको संघीय संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बजेट असन्तुलित भएको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतले विरोध जनाउँदै आएका थिए। यसभन्दा अघि माधव नेपालले यदि बजेट यथास्थितिमा बजेट पास गर्न खोजे सरकार ढल्नेसमेत चेतावनी दिएका थिए । तर, बजेट भने संसोधन गरिएको छैन ।

सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादीले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् । यसैबीच बजेटको चर्को विरोध गरिरहेको नेकपा एसले पनि बजेटको पक्षमा मतदान दिने निर्णय गरेको हो ।