ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री र मन्त्रीको पनि संलग्नता !

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री र मन्त्रीको पनि संलग्नता !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री र मन्त्रीहरू अहिले पनि सदनमा रहेकाले स्पष्ट पार्न माग गरेका छन् । सरकारले ललिता निवास जग्गा प्रकरणको फाइल खोलेपछि संसद सुवालले यो विषय सदनमा प्रवेश गराएका हुन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सुवालले गिरोहले २०४९ सालदेखि २०६६ सालसम्म सरकारी जग्गा ब्यक्तिको जग्गा बनाई बिक्री वितरण गर्ने काममा सरकारका पूर्व प्रधानमन्त्री मन्त्रीसमेतको सहभागिता भएको बताए ।

सो प्रकरणमा संलग्न पूर्व प्रधानमन्त्रीहरुलाई संसदमै स्पष्ट गर्न लगाउनुपर्ने उनको माग छ । उनले अन्य मन्त्री र पूर्व पदाधिकारीहरुलाई सार्वजनिक लेखा समितिले समेत ध्यानाकर्षण गराउनुपर्ने बताए । ‘सरकारी जग्गामा मुछिएका पूर्वप्रधानमन्त्री र मन्त्री अहिले पनि सदस्य रहेकाले संसदमा स्पष्ट पार्न जरुरी छ,’ उनले भने ।