ललिता निवास प्रकरणमा पक्राउ परेकालाई अदालत लगियो

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई अदालत लगियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चारजनालाई म्याद थपका लागि जिल्ला अदालत काठमाण्डु लगिएको छ। उनीहरुलाई हिरासतमा राख्ने अनुमति लिन बुधबार जिल्ला अदालत लगिएको हो ।

पक्राउ परेका चार जनामा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम रहेका छन् । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।