काठमाण्डु- नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारमाथि संसद्को विश्वास घटेको प्रतिक्रिया दिएका छन् ।
बुधवार प्रतिनिधिसभामा मत विभाजनमार्फत बजेट पास भएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले ९९ प्रतिशत समर्थन रहेको सरकारको समर्थन घटेर ५३ मा पुगेको बताएका हुन् ।
‘यो सरकारमाथिको विश्वासमा पहिले ९९.९९ प्रतिशत थियो । अहिले ५३ प्रतिशतमा घट्यो’, ओलीको भनाइ छ । प्रतिनिधिसभाको बैठकमा एमालेले विनियोजन विधेयकमाथि मतदान हुँदा पक्षमा १ सय ४७ र विपक्षीमा १ सय ८ मत परेको थियो ।




प्रतिक्रिया