काठमाण्डु- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्कीले आज दिउँसो बजे बस्ने प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत माग्ने तयारी गरेका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना सांसद कार्कीको पक्षमा छन् । बहुमतका लागि उनलाई एक मतको आवश्यक परेको छ । त्यो एक मत जुटाउने रणनीति मुख्यमन्त्री कार्कीको छ ।
यता विपक्षी दलहरु भने उनी नेतृत्वको सरकार ढाल्ने कसरतमा लागेका छन् । विपक्षी दलहरुले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेका छन् । माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि मुख्यमन्त्री कार्की अल्पमतमा परेका थिए ।




प्रतिक्रिया