कर्णाली प्रदेशसभा बैठक आइतबारसम्मका लागि स्थगित

कर्णाली प्रदेशसभा बैठक आइतबारसम्मका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कर्णाली प्रदेशसभाको बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिव जीवराम बुढाथोकीले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।

प्रदेशसभाको अर्को बैठक आगामी असार १७ गते आइतबार बस्ने सचिव बुढाथोकीले जानकारी दिएका छन् । यसअघि बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कर्णालीको संसद् अवरुद्ध गरेको थियो । बजेट पैतृक सम्पत्ति जसरी बाँडेको भन्दै एमालेले संसद्मा अवरोध गर्दै आएको छ ।