काठमाण्डु- निजी भ्रमणका लागि काठमाण्डु आएका अलिबाबाका संस्थापक ज्याकमा पाकिस्तानतर्फ लागेका छन् । हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्डमार्फत उनी बिहीबार मध्याह्न पाकिस्तान गएका हुन्।
चिनियाँ नागरिक ज्याकमा ७ जनाको टिमसहित मंगलबार दिउँसो काठमाण्डु आएका थिए । उनी काठमाण्डुको द्वारिकाज होटलमा बसेका थिए । यसैबीच उनले काठमाण्डुको कालिमाटी तरकारी बजार, ठमेल, भक्तपुर दरबार स्क्वायरलगायत ठाउँको अवलोकन गरेका थिए।




प्रतिक्रिया