काठमाण्डु – कोशी प्रदेशसभाको बैठक सुरु भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक सुरु भएको हो।
बैठक १२ बजेबाट सुरु भएको हो। अहिले मुख्यमन्त्री कार्कीले सांसद्ले उठाएका प्रश्नको जवाफ दिँदै छन्।
बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचि भएपनि नेकपा एमालेले सदनमा विश्वासको मत माग्ने क्रममा अर्थ मन्त्रालय लगायतका विविध विषयमा कुरा उठेकाले त्यसको तयारी गरेर शुक्रबार विश्वासको मत लिने माग गरेपछि बैठक स्थगित भएको थियो।
प्रदेशसभाका सभामुख बाबुराम गौतमले विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलमा उठेका विषयमा जवाफ दिन मुख्यमन्त्रीलाई समय दिएका छन्। अहिले मुख्यमन्त्रीले जवाफ दिने क्रम जारी छ। उनले जवाफ दिइसकेपछि मत विभाजन हुनेछ। तर, निर्णायक मत रहेको जसपाकी प्रदेशसभा सदस्य निर्मला लिम्बू बैठकमा अनुपस्थित भएकी छन्।




प्रतिक्रिया