चितवन पुगेर अध्यक्ष ओलीले रोपे धान (तस्बिरसहित)

चितवन पुगेर अध्यक्ष ओलीले रोपे धान (तस्बिरसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन पुगेर धान रोपेका छन् । राष्ट्रिय धान दिवस मनाउन चितवन पुगेका अध्यक्ष ओली शुक्रबार चितवनस्थित केरुङ्गा सामूहिक कृषि फार्मले आयोजना गरेको धान रोपाई कार्यक्रममा धान रोपेका हुन् ।

अध्यक्ष ओलीले सुरुमा खेतमा हातले धान रोपेका थिए । पछि भने ओलीले मेसिनले धान रोपेका थिए ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।