प्रतिनिधिसभा बैठक बस्दै,आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल हुने

प्रतिनिधिसभा बैठक बस्दै,आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल हुने

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज (आइतबार) प्रतिनिधिसभाको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक संसद् भवन (नयाँ बानेश्वर) मा बिहान ११ बजे बस्नेछ। आजको बैठकमा आर्थिक बिद्येयक २०८० माथी छलफल हुनेछ भने सो बिद्येयक माथी प्राप्त संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक बिद्येयक २०८० पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने बिद्येयक २०८० माथीको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने विधेयक पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।