काठमाण्डु – निर्वाचन आयोगले एकीकृत निर्वाचन कानुनको मस्यौंदा पारित गरेको छ। सोमबार बसेको आयोगको बैठकले एकीकृत निर्वाचन कानुनको मस्यौंदा पारित गरेको हाे । आयोगले निर्वाचनसम्बन्धी कानुनमा केही नयाँ विषयहरू राख्न समेत प्रस्ताव गरेको छ ।
कानुनमा ‘नो भोट’,विदेशमा रहेका नागरिकलाई मताधिकार,निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेद्वारलगायतका नयाँ प्रावधान समेटेको छ ।
त्यस्तै ‘समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक निर्वाचित भइसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने‚’ आयोगले विधेयकमा प्रस्ताव गरेको प्रावधानमा उल्लेख छ ।
हालसम्म समानुपातिक प्रणालीमा उम्मेदवार हुनका लागि कुनै सीमा तोकिएको थिएन । जो जतिपटक पनि उम्मेदवार हुनका लागि बाधा व्यवधान थिएन ।




प्रतिक्रिया