संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न प्रमुख तीन दलका शीर्ष नेता सहमत

संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न प्रमुख तीन दलका शीर्ष नेता सहमत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड- प्रमुख तीन दलका शीर्ष नेताबीच संसदीय समितिको सभापति चयन गर्ने सहमति भएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय समितिको नेतृत्व छिट्टै चयन गर्न सहमत भएका हुन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा संसदीय समितिका सभापति छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको कानूनमन्त्री धनराज गुरुङले बताए। “संसदीय समितिको नेतृत्व चाडोभन्दा चाडो चयन गर्ने सहमत भयो । प्रमुख सचेतकलाई राखेर निर्वाचन प्रकृया सभामुखले सुरू गर्नुहुन्छ,” उनले भने ।

गत १५ वैशाखमा प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि २ जेठमा एक साथ १० वटै समितिको बैठक सुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।