काठमाण्डुको सिडिओमा जितेन्द्र बस्नेत

काठमाण्डुको सिडिओमा जितेन्द्र बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख जितेन्द्र बस्नेतले काठमाण्डुको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन्।

हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई काठमाण्डुको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले काठमाण्डुमा रहेका उपाध्यायको सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै मन्त्रालयले बस्नेतलाई सरूवा गरेको हो।

बस्नेत ८ वर्षअघि सहसचिव बनेका थिए । उनले प्रमुख जिल्ला अधिकारीका रुपमा गोरखा, चितवन, पर्सामा काम गरिसकेका छन् ।