एक वर्षपछि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

एक वर्षपछि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । झन्डै एक वर्षपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार २७ गतेदेखि सुरू हुने गरी केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

बुधबार देउवा निवास धुम्बाराहीमा सभापति, उपसभापति र महामन्त्रीहरूबीच छलफल भएको थियो । धुम्बाराहीमा भएको छलफलमा केन्द्रीय समिति बैठक आह्वान गर्ने समझदारी जुटेको हो ।

कांग्रेसले गत वर्ष साउनमा केन्द्रीय समिति बैठक राखेको थियो। कांग्रेसको विधानअनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने हुन्छ। तर, कांग्रेसले गत साउन यता केन्द्रीय समिति बैठक बोलाएको थिएन ।