राष्ट्रियसभा बैठक भोलिसम्म स्थगित

राष्ट्रियसभा बैठक भोलिसम्म स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद अन्र्तगत बुधबारको राष्ट्रियसभा बैठक बिहीबारसम्मको लागि स्थगित भएको छ।

बुधबार दिउँसो २ः३१ बजे बसेको बैठक एमाले सांसदको अवरोधपछि ३ः०१ बजे बस्नेगरी स्थगित भएको बैठक विशेष कारण देखाएर बिहीबार दिउँसो १ः०१ बजे बस्नेगरी समय निर्धारण गरिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

आज दिउँसो बैठक सुरु भएलगत्तै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा दिनुपर्ने र अन्यथा बैठक अघि बढ्न नसक्ने बताए । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली गएको भन्ने अभिव्यक्तिलाई प्रधानमन्त्रीको राजीनामा मागिएको हो । संसदमा एमालेले विरोध गरेको छ ।

प्रतिनिधिसभा बैठकमा एमालेसँगै राप्रपा र रास्वपाले पनि विरोध गरेका थिए। प्रधामन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक-पटक दिल्ली गएको भनी दिएको अभिव्यक्तिप्रति विवादित बनेको छ।