२१ वर्षअघि पढाइ छाडे, वडाध्यक्ष बनेपछि एसइई उत्तीर्ण गरे

२१ वर्षअघि पढाइ छाडे, वडाध्यक्ष बनेपछि एसइई उत्तीर्ण गरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण भएका छन्। माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोका२.६५ जिपिए ल्याएर उत्तीर्ण भएका हुन्।

विसं २०५८ मा एसएलसी परीक्षा दिएका रोकाले अनुत्तीर्ण भएपछि पढाइ नै छाडेका थिए। एसएलसीमा अनुत्तीर्ण भएपछि उनले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया र अफगानिस्तानमा आठ वर्ष बिताएका थिए।

वैदेशिक रोजगारबाट २०६९ सालमा घर फर्किएपछि रोका स्थानीय देउराली युवा क्लबलगायतका सङ्घसंस्थामा आबद्ध भएका थिए। उनी गत वर्षको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए। सामाजिक र राजनीतिक जीवन सुरु गरेपछि धेरै आफन्तबाट पढाइलाई निरन्तरता दिन सुझाव आएको र आफूलाई समेत पटक–पटक पढाइको आवश्यकताको महसुस भएपछि एसइई परीक्षा दिएको वडाध्यक्ष रोकाको भनाइ छ।-रासस