पूर्वसांसद र वडाध्यक्षविरुद्ध अभद्र व्यवहारमा प्रशासनमा मुद्दा दर्ता

पूर्वसांसद र वडाध्यक्षविरुद्ध अभद्र व्यवहारमा प्रशासनमा मुद्दा दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु – पुर्वाधार विकास कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ईन्जिनियर दत्त बुढ्थापा माथि भएको कुटपिटमा प्रदेश सभा सदस्य निवर्तमान सांसद दानसिंह परियार र छायाँनाथरारा नगरपालिका वडा नं ६ का वडाध्यक्ष खेमबहादुर रावल विरुद्ध अभद्र व्यवहारसम्बन्धी आइतबार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको छ ।

शनिवार नै दुवै जनालाई प्रहरीले पक्राउ गरे पश्चात अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले बताए । शनिबार पूर्वाधार विकास कार्यालय प्रमुख इन्जिनियर दत्त बुढथापालाई सडक योजना सम्झौताअनुसार सबै रकम भुक्तानी नगरेको आरोप लगाएर कार्यालय हाताभित्रै सांसद परियार र वडाध्यक्ष रावलले हातपात गरेका थिए । उनीहरुमाथि अनुसन्धानका लागि १० दिन म्याद भएको समेत थापाले बताए ।