काठमाण्डु – प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बस्दैछ । एमालेका कारण आइतबार स्थगित प्रतिनिधिसभाको बैठक आज (सोमबार) का लागि तय गरिएको हाे।
संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा तीनवटा विधेयक प्रस्तुत गरिनेछन्। जसअनुसार राष्ट्रियसभावाट उत्पति भएको नेपाल विश्वविधालय बिधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ ।
यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको बिधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सबन्धी केही नेपाल ऐन संसोधन गर्ने बिद्येयक २०८० माथीको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन ।
र, आजै सो बिद्येयक माथी संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसुचीमा राखेको संसद सचिवालयलले मुलुकी संहिता सबन्धी बिद्येयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ ।




प्रतिक्रिया