दोषी र अपराधीलाई छुट हुँदैन,निर्दोष तर्सिनु पर्दैन् : गृहमन्त्री श्रेष्ठ

दोषी र अपराधीलाई छुट हुँदैन,निर्दोष तर्सिनु पर्दैन् : गृहमन्त्री श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कीर्ते,ठग,भ्रष्टाचारी, संगठित अपराधी बाहेक निर्दोष कोही तर्सनु नपर्ने बताएका छन् । मन्त्री श्रेष्ठले ट्वीटरमार्फत, धनी–गरिब, सम्पन्न–विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने भन्दै त्यस्तो अपेक्षा नगर्न पनि आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘देश र जनताको हितविरुद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि कीर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्न बाहेक निर्दोष कोही तर्सनु पर्दैन । दोषी र अपराधीलाई भने छुट हुने छैन,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन । त्यस्तो अपेक्षा नगरौं ।’