काठमाण्डु – प्रतिनिधिसभाको अर्को बैठक असार २९ गते बस्ने भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण केही दिनदेखि अवरूद्ध प्रतिनिधिसभा बैठक सोमबार दिउँसो बसेको थियो।
संसद अवरोध हटेसँगै प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्तिका सम्बन्धमा स्पष्टीकरण दिएसँगै सभामुखले बैठक असार २९ गते शुक्रबारसम्मका लागि स्थगित भएको घोषणा गरे ।
सोमबारको बैठकमा कार्यसूचीमा रहेका दुईदेखि पाँचसम्मका एजेन्डा सूचीमा हटाएर पूर्वसांसद लालकाजी गुरुङ्को शोक प्रस्ताव पारित गर्दै बैठक स्थगन भएको हो । अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ ।




प्रतिक्रिया