देशका लागि प्रधानमन्त्रीबाट राजीनामा दिनुस् : गोकुल बाँस्कोटा

देशका लागि प्रधानमन्त्रीबाट राजीनामा दिनुस् : गोकुल बाँस्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा  एमालेका सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको स्वाधिनताका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आफूहरुको माग यथावत रहेको बताए।देशको स्वाधिनता र संसदको सार्वभौमिकताविरुद्ध आफ्नो अभिव्यक्तिबारे प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने उनको भनाइ छ ।

उनले एमाले कांग्रेस रहेपनि नरहेपनि यो देश र यो देशको सार्वभौमसत्ता रहनुपर्ने उनको भनाइ छ। उनले प्रधानमन्त्रीले परिवर्तनका लागि विभिन्न ४० बुँदे माग राखेर आन्दोलन गरे पनि अहिले त्यही ट्रक चढेको आरोप लगाए।  गत बुधबारदेखि सदन अवरुद्ध गर्दै आएको एमालेले सोमबारबाट पछि हटेको छ ।