काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डमा नैतिकता छ भने तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै लिङ्देनले भने, ‘नैतिकता भन्ने चिज जीवित छ भने प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने बताएका हुन्।
‘बहालावाला प्रधानमन्त्रीले कुनै व्यक्तिलाई देखाएर पटक पटक दिल्ली जानु भएको थियो भन्नु आपत्तिजनक विषय हो । यो सामान्य कुरा होइन, नैतिकता भन्ने चिज जिवित छ भने प्रधानमन्त्रीले दिनुपर्छ । राजीनामा दवावले मागिने कुरा होइन’, प्रतिनिधिसभामा बोल्दै लिङ्देनले भने ।
उनले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियतासँग जोडिएको विषय भएको भन्दै यसमा सामान्य विषय नभएको स्पष्ट पारे । उनले वर्तमान संसदमा केही राजनीतिक दलमात्रै नभएर थुप्रै दलहरु रहेको बताए । तर, अघिल्लो बैठकमा जुन प्रकारको रुलिङ भयो त्यसमा आफूले खेद प्रकट गर्ने बताए ।




प्रतिक्रिया