काठमाण्डु – कोसी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ स्थगित भएको छ । हेर्न नभ्याइने हुँदै उक्त रिटको सुनुवाइ स्थगित भएकाे हाे ।
उक्त रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सोमबार सुनुवाइको पेसी तोकिएको थियो । अब सुनुवाइका लागि मंगलबारका लागि पेसी तोकिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्री बनाउन सभामुखले हस्ताक्षर गर्नु संविधानविपरीत रहेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको थियो। रिटमा एमालेले प्रदेश सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गरेको छ।
कोशीमा बिहीबार कांग्रेस संसदीय दलका नेता उद्वव थापाले मुख्यमन्त्री दाबी गर्दा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए।




प्रतिक्रिया