काठमाण्डु – सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामजुरा डाँडामा दुर्घटना भएको छ ।
मंगलबार बिहान १०:०५ मा सुर्केबाट उडेको मनाङ एयरको नाईन एन ए एम भि कलसाईनको हेलिकप्टर लिखुपिके गाउँपालिका ५ भकान्जे स्थित लामाजुराको च्यानडाँडामा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको हाे ।
दुर्घटनाग्रस्त क्षेत्रमा उद्दारका लागि अल्टिच्युड हेलिकोप्टरलाई पठाइएको छ । दुर्घटनाग्रस्त क्षेत्रमा प्रहरीसहितकाे उद्धारकर्मीकाे टाेली गइसकेकाे गाउँपालिका अध्यक्ष मिना कार्कीले बताइन् ।
हेलिकोप्टरमा पाँच जना मेक्सिकन नागरिक रहेका थिए । उनीहरू माउन्टेन फ्लाइट गरेर फर्किंदै थिए । एबरिका गोन्जालेक्स, फर्नान्डो सिफुग्नेट्स, ओलासियो गोन्जालेज, रिनकन इस्माइल र मारिया होजे सिफुन्तेस रहेका थिए । हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । उनीहरुको अवस्थाबारे खुल्न बाँकी छ ।




प्रतिक्रिया