प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ रोगबाट लामो समयदेखि पिडित दाहालको बुधवार काठमाण्डौंको नर्भिक अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि उनलाई विहान अस्पताल भर्ना गरिएको थियो । सीताको बिहान ८ बजे ६९ वर्षको उमेरमा निधन भएको अस्पताल स्रोतले जनायो । प्रधानमन्त्री पत्नीको निधन भएपछि अहिले प्रधानमन्त्री दाहालसहित माओवादी नेता कार्यकर्ता नर्भिक पुगेका छन् ।