कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच धुम्बाराहीमा भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच धुम्बाराहीमा भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । एक दिने नेपाल भ्रमणमा आएका विदेशमन्त्री लु र सभापति देउवाबीच शुक्रबार धुम्बाराहीस्थित देउवाको निवासमा भेटवार्ता भएकाे हाे ।

एमसीसी कार्यान्वयनका विषयमा छलफल गर्न नेपाल आइपुगेका लुले राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्दैछन्। उनी शुक्रबार विहान काठमाडौं आइपुगेका हुन्। अमेरिकी राजदूत डीन आर थम्पसनले लुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

संसद्ले अनुमोदन गरेको करिब १८ महिनापछि भदौबाट एमसीसी कार्यान्वयनमा लैजाने तयारी भइरहेको छ।