काठमाण्डु- सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलहरूले आफ्नै सांसदहरुको चर्को असन्तुष्टिको वेवास्ता गर्दै ह्वीप लगाएर बजेट पास गर्ने तयारी गरेका छन् । प्रदेश सरकारको बजेटको पक्षमा मतदान गर्न नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले आफ्ना प्रदेशसभा सदस्यहरुलाई ह्वीप लगाएको हो ।
सत्तारुढ दलहरुले नै बजेटलाई समर्थन गर्न नसक्ने भनेपछि शनिबार सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । उक्त बैठकले बजेको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप लगाउन निर्देशन दिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटको चौतर्फी आलोचना भइरहेको छ । सत्ता साझेदार दलहरु नै प्रदेश सरकारले ल्याएको बजेटको विरुद्धमा उभिएका छन् ।




प्रतिक्रिया