काठमाण्डु- नेकपा एमालेले केन्द्रीय विभागहरुमा सदस्य मनोनयन गरेको छ । एमालेको केन्द्रीय सचिवालय बैठकले प्रचार तथा प्रकाशन विभाग र संसदीय विभागमा सदस्यहरु थप गरेको हो ।
एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ प्रमुख रहेको संसदीय विभागमा पदम गीरी,महेश बर्तौला, भैरवसुन्दर श्रेष्ठ र बिमला पौड्याल राईलाई मनोनयन गरेको छ । त्यसैगरी सांसदहरु ज्वाला साह,विद्या भट्टराई,भगवती चौधरी,सुनिता बराल,तारा लामा र लिला श्रेष्ठलाई समेत विभागको सदस्यमा मनोनयन गरिएको छ ।
प्रचार तथा प्रकाशन विभागमा लिलाराज भट्टराई, लालबाबु शेख,हेमन्त पौडेल र एम.विष्ट मनोनित भएका छन् । त्यसैगरी सूर्यमणी गौतम, गणेश पाण्डे, दिपक ज्ञवाली,शेरबहादुर केसी, रामकृष्ण ज्ञवाली र राजेश राईलाई पनि विभागमा मनोनयन गरिएको छ ।




प्रतिक्रिया