सुदूरपश्चिम प्रदेश सरकारको बजेट राति १० बजे पारित

सुदूरपश्चिम प्रदेश सरकारको बजेट राति १० बजे पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुदूरपश्चिम प्रदेश सरकरको बजेट बहुमतले पारित भएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट शनिबार राति १० बजे पारित भएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शनिबार बसेको प्रदेशसभा बैठक बहिस्कार गरेको थियो ।

तर, नेकपा एमालेको बहिष्कारकाबीच प्रदेश सरकारले आगार्मी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेको छ। शनिबार रातिको प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजस्व र व्ययको अनुमान र आर्थिक ऐन २०८० बहुमतले पारित गरेको हो।

सत्तारुढ दलहरुले नै बजेटलाई समर्थन गर्न नसक्ने भनेपछि शनिबार सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । उक्त बैठकले बजेको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप लगाउन निर्देशन दिएको थियो । त्यसपछि सत्तारुढ दलहरुले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका थिए ।