प्रधानमन्त्री दाहालको भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय

प्रधानमन्त्री दाहालको भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शुल्क तथा दस्तुर छुट सम्बन्धीको सूचना प्रकाशन गर्ने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा त्यहाँ कार्यरत डा. रवि मल्ललाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको कार्यक्रममा सहभागिता जनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमण पनि स्वीकृति भएको छ। इटालीमा आयोजना हुने कार्यक्रमका लागि प्रधानमन्त्रीसँगै कृषि मन्त्री समेतको प्रतिनिधित्व रहने व्यवस्था छ ।