काठमाण्डु- बूढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरिएको छ । गोरखा जिल्लामा बन्ने १२ सय मेगावाट क्षमताको जलविद्युत आयोजनाको फिल्ड कार्यालयको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका हुन् । यससँगै आयोजनाको निर्माण सुरु हुने अपेक्षा बढेको छ ।
नेपालको ऊर्जा क्षेत्रकै कायापलट गर्ने दाबी गरिँदै आएको १२ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी आयोजना सरकार परिवर्तनपिच्छे निर्णय परिवर्तन हुँदा हालसम्म अगाडि बढ्न सकेको छैन।




प्रतिक्रिया