कांग्रेस केन्द्रीय समिति बैठकको चौथो दिन :आज बाँकी सदस्यले धारणा राख्ने

कांग्रेस केन्द्रीय समिति बैठकको चौथो दिन :आज बाँकी सदस्यले धारणा राख्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ । मंगलबारदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् । आजको बैठक बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।

बिहीबार ३५ जना केन्द्रीय सदस्यहरूले बोलेका थिए । आज बाँकी सदस्यहरूले क्रमश: आफ्ना कुरा राख्ने कांग्रेसले जनाएको छ ।

हिजो तेस्रो दिनको बैठकमा केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला पौडेल, टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, राजेन्द्रकुमार केसी, उमेश श्रेष्ठ, राजीवबिक्रम शाहले आ आफनो धारणा राखिसकेका छन ।

साथै, हिजो बैठकमा डा. चन्द्रमोहन यादव, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, ई मोहन आचार्य, मुक्ताकुमारी यादव, रंगमती शाही, मञ्जुकुमारी यादव, प्रतिमा गौतम, अजयवावु शिवाकोटी, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल के।सी।, आमन्त्रित केन्द्रीय सदस्य नारायणी रायमाझी र आमन्त्रित कोशी प्रदेशका सभापति उद्धव थापाले आ–आफ्ना धारणा राखेको जनाईएको छ ।