केपी ओलीले आफ्नो व्यवस्थापनमा चासो नदिएको बामदेव गौतमको गुनासो

केपी ओलीले आफ्नो व्यवस्थापनमा चासो नदिएको बामदेव गौतमको गुनासो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो व्यवस्थापनबारे केही नगरेपछि आफू एमालेमा फर्किन नपाएको नपाएको गुनासो गरेका छन्।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा नेकपा एकता राष्ट्रिय एकता अभियान चलाइरहेका नेता गौतमले एमालेले आफूबाहेक अरू कार्यकर्तालाई मात्र समायोजन गर्न खोजेको बताएका हुन्।

पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व उपाध्यक्ष समेत रहेका उनले ओलीसँग आफ्नो ४३ वर्ष लामो सम्बन्ध रहेको भन्दै गौतमले फेरि पनि ओलीले बोलाएमा आफू जाने बताए।

माधव नेपाल नेतृत्वको नेकपा एसले भने एकता गर्ने भनेर पछि बेवास्ता गरेको उनको भनाई छ।