कांग्रेस केन्द्रीय समिति बैठकमा आज सभापति र महामन्त्रीले जवाफ दिने

कांग्रेस केन्द्रीय समिति बैठकमा आज सभापति र महामन्त्रीले जवाफ दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज सभापति र महामन्त्रीहरूले बैठकमा उठेका विषयहरूमाथि जवाफ दिने भएका छन् ।

अपराह्न ३ बजेदेखि सुरू हुने बैठकमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफ दिने कार्यसूची रहेकाे छ ।

साउन २ गतेदेखि जारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० एजेन्डा र महामन्त्री गगन थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए।