कोशी सरकारविरुद्धको रिट आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै

कोशी सरकारविरुद्धको रिट आजदेखि पूर्ण इजलासमा सुनुवाइ हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोशी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतमा मंगलबारदेखि पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको सोमबारको इजलासले यो रिट पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो ।

सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर बहुमत देखाउँदै कांग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकार गठन भएपछि असार २२ गते एमाले प्रदेशसभा संसदीय दलका नेता कार्कीले रिट दायर गरेका थिए । उनले थापाको नेतृत्वमा बनेको सरकार अवैध ठहर गरी त्यसअघिको सरकारलाई कायम राख्न आदेश माग गरेका छन्।

मुख्यमन्त्री थापा, सभामुख गौतम र प्रदेश प्रमुख खापुङलाई विपक्षी बनाएर दिएको मुद्दामा यो रिटमा असार २७ मा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले वर्तमान सरकार कायम रहेको ठहर गरी दीर्घकालीन असर गर्ने निर्णय नगर्न आदेश गरेको थियो।

आइतबार उक्त रिटमाथि सुनुवाइ न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको भएपनि न्यायाधीश रेग्मीले आफूले हेर्न नमिल्ने भन्दै अस्वीकार गरेपछि सुनुवाइ हुन सकेको थिएन । आइतबार हेर्न नमिल्ने सूचीमा परेको यो रिट सोमबार पूर्ण इजलासमा पठाउन आदेश दिइएको हो।

संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुन नसक्ने र १६८ (३) अनुसार ठूलो दलको संसदीय दलको नेताका हैसियतमा आफू मुख्यमन्त्री हुने कार्कीको दाबी थियो । तर, प्रदेश प्रमुख खापुङले सभामुखको हस्ताक्षरसहित आएको पत्रलाई मान्यता दिदै थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।सो बिषयमा आजवाट पुर्ण इजालासमा सुनवाई हुन लागेको हो ।