देशको राजनीतिक अवस्था खराब छ : गच्छदार

देशको राजनीतिक अवस्था खराब छ : गच्छदार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपालको राजनीति अनिश्चितताको भुमरीमा फसेको बताएका छन् ।

मङ्गलवार काठमाण्डुमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले नेपालको राजनीति अन्योलपूर्ण, तरलता, अस्थिरता र अनिश्चिततामा फसेको बताए । उनले नेपाली काँग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने पनि बताएका हुन् ।

पार्टी सभापति विमानको पाइलट भए अन्य पदाधिकारी सहायक पाइलट रहेको भन्दै सबै मिलेर काम गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।