काठमाण्डु- सत्ता गठबन्धनकै सांसदले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई राजीनामा दिन आग्रह गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतको राजीनामा माग गरेका हुन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्वीन्टल सुन बरामद भएको घटनामा मुख्य दोषी पक्राउ गर्न नसकेकाले गृहमन्त्री र अर्थमन्त्रीले राजिनामा दिनुपर्ने उनको भनाइ छ । ‘उहाँहरुले भरियामात्र होइन, मुख्य दोषीलाई पक्डियौं भन्नुपथ्र्यो, समय लिने हो भने ३ दिन ५ दिनभित्र समात्छु भन्न सक्नुपथ्र्यो । होइन भने अनुसन्धान प्रक्रिया सहज बनाउन, सुनको मालिक पत्ता नलागेसम्म उहाँहरुले राजीनामा दिनुपर्छ ।’, उनले भने ।




प्रतिक्रिया