निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त आह्वान

निमावि शिक्षक लाइसेन्सका लागि दरखास्त आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुला गरेको छ।लाइसेन्सका लागि कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने शिक्षक सेवा आयोगले जनाएको छ।

आयोगको  १० साउनको निर्णयअनुसार इच्छुकले आजदेखि आवेदन दिन सक्नेछन्। आयोगका अनुसार ११ भदौसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर १८ भदौसम्म दिन सकिनेछ।

आवेदन अनलाइनबाट दिन सकिनेछ। विज्ञापनको विस्तृत विवरण आयोगले वेबसाइटमा राखेको छ।