राजनीतिक उद्देश्यका निम्ति मन्त्रीको राजीनामा माग्नु राम्रो हाेइन् : प्रधानमन्त्री प्रचण्ड

राजनीतिक उद्देश्यका निम्ति मन्त्रीको राजीनामा माग्नु राम्रो हाेइन् : प्रधानमन्त्री प्रचण्ड

फाइल फोटो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय राजनीतिक उद्देश्यका निम्ति प्रधानमन्त्री,गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने संस्कार बस्दै गएको बताएका छन्।

शुक्रवार इटाली भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक उद्देश्य प्राप्तिका निम्ति मन्त्रीहरूको राजीनामा मागिहाल्ने संस्कृति राम्रो नभएको बताएका हुन्।

‘राजनीतिक उद्देश्यका निमित्त प्रधानमन्त्रीको राजीनामा मागिहाल्ने‍ ,अर्थमन्त्रीको राजीनामा मागिहाल्ने, गृहमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्न खोज्या छ,’उनले भने,’ यो राम्रो होइन।’

प्रधानमन्त्री दाहालले राजीनामा दिने भए देउ नभए संसद चल्न दिदैनौं भनेर पहिल्यै घोषणा गर्नू राम्रो नभएको बताए। स्पष्टीकरणको मौका नै नदिइ एकोहोरो राजीनामा मात्रै माग्ने संस्कार राम्रो नभएको उनको भनाइ छ ।

संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुँदा देशको कृषि क्षेत्रको मार्ग दर्शन भएको प्रचण्डले बताए ।

सम्मेलनको क्रममा बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेट भएको र नेपाल र बांगलादेशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग, क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाल र बंगलादेशबीचको सहकार्य जस्ता विषयहरू छलफल भएको बताए ।